पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना पुष्टि, १२ सय ४३ निको भए

-नोटबजार संवाददाता।
काठमाडौं।
१आश्विन, २०७७, बिहीबार / Sep 17, 2020 16:46:pm

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ भने देशभरमा सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ।

संस्थागत आइसोलेसनमा रहेकाको संख्या ७ हजार ९०३ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार ६४१ पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा अहिलेसम्म ८ लाख ८२ हजार ९ सय ५० पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप १२ सय ४३ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments