सुनको मूल्य वृद्धि

-नोटबजार संवाददाता।
काठमाडौं।
२आश्विन, २०७७, शुक्रबार / Sep 18, 2020 16:20:pm

बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ ।

नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ । छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments