दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-नोटबजार संवाददाता।
काठमाडौं।
८आश्विन, २०७७, बिहीबार / Sep 24, 2020 09:21:am

गत आर्थिक वर्षको कमाईबाट प्रतिफल घोषणा गरेकामध्ये दुई म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई समुन्नत योजना-१ र सनराइज फस्ट म्युचुअल फण्डको लाभांश पाउन आजसम्म इकाईधनी कायम हुनुपर्नेछ ।

ग्लोबल आइएमई समुन्नत योजना १ ले गत आवबाट ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसका लागि फण्डले असोज ९ गते इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेको छ । यस फण्डको असोज ८ गते बिहीबारसम्म इकाई खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

यस्तै, सनराइज फस्टले गत आवबाट ७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । लाभांश प्रयोजनका लागि असोज ११ गते आइतबार इकाइधनी दर्ता किताब (बुकक्लोज) मिति तोकेको यस फण्डको पनि असोज ८ गते बिहीबारसम्म इकाई खरीद गर्ने लगानीकर्ताले प्रतिफल पाउनेछन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments