सुनचाँदीको भाउ फेरि बढ्न थाल्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
९आश्विन, २०७७, शुक्रबार / Sep 25, 2020 11:59:am

लगातार तीन दिन ओरालो लागेको सुन तथा चाँदीको भाउ फेरि बढ्न थालेको छ । असोज ९ गते, शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कायम भएको छ । बिहीबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो ३ दिनमा चार हजार १०० रुपैयाँले घटेको सुनको भाउ शुक्रबार बढेको हो।

शुक्रबार चाँदीको भाउ पनि बढेको छ। यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ। पछिल्लो तीन दिन चाँदी २०० रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर सुनचाँदीको मूल्यमा परेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments