सानिमा जनरल इन्स्योरेन्सको आईपीओ ३१% आवेदकले मात्र पाउने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२६आश्विन, २०७७, सोमबार / Oct 12, 2020 19:58:pm

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि १०० जनामा ६९ जनाले शेयर नपाउने अवस्था देखिएको हो ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार आईपीओमा ८ लाख ८८ हजार ७०६ जनाले आवेदन गरेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले मात्र हात पार्नेछन् । यस आईपीओमा आवेदकन गरेका बाँकी ६ लाख १५ हजार ७०६ जनाको हात भने खाली हुने देखिन्छ ।

यो नै अन्तिम सदर तथ्याङ्क नभएकाले क्यापिटलबाट आवेदन भेरिफाइ भई योग्य आवेदक छनौट हुँदा धेरै धेरै आवेदन रद्द भएको खण्डमा भने उल्लेखित तथ्याङ्कमा केही परिमार्जन भई केही बढीले शेयर प्राप्त गर्न सक्नेछनन् ।

कूल ३० लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो।। जसमा मागको ६.९९ गुणा धेरै अर्थात १ करोड ९० लाख ९१ हजार ८० कित्ताको आवेदन परेको हो ।

कम्पनीले असोज २१ गतेदेखि २५ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये १ लाख २० हजार कित्ता शेयर कम्पनीका कर्मचारीको र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि लागि छुट्याएको थियो । बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड हुनेछ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम हुनेछ ।

इन्स्योरेन्सको आईपीओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ दिएके छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले अर्को हप्ता अर्थात दशैंअघि नै बाँडफाँड हुने जनाएको छ। आईपीओ बाँडफाँडअघि क्यापिटलमा परेको आवेदनहरुको भेरिफाइको काम भइरहेको जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments