नेपाल ल्युब आयलको २९ औं वार्षिक साधारण सभाबाट लाभांश पारित, शेयरधनीको बीमा गर्ने घोषणा

-नोटबजार संवाददाता।
काठमाण्डौं।
७कार्तिक, २०७७, शुक्रबार / Oct 23, 2020 05:52:am

नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले सेयरहोल्डरहरुलाई १०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपाल ल्यूव आयलको ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यास मार्फत संचालित यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थितीबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जुम एप मार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितीहरु बीच दूरी कायमका साथै अन्य स्वास्थ्य पटोकल समेत पालना गरि आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।

कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवं कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयरहोल्डरको समेत कोभिड १९ बीमा गर्ने घोषणा गरे ।

उनले यस्तो अवस्थामा कम्पनीले १० प्रतिशत लाभांश दिनु सञ्चालक समितिले सदैव शेयर होल्डरहरुको हालको पहिलो प्राथमिकता के हुन सक्छ भनि अध्ययन गरेर नै प्रदान गरिएको बताए ।

त्यस्तै प्रस्तावित पूँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयरधनीहरुले उठाउनु भएको मागबमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए ।

त्यस्तै उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो सेवा, लाइभ अपडेट रिर्पोरिङ र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments