नेप्सेमा ३० लाख कित्ता बोनस शेयर सूचीकृत

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३कार्तिक, २०७७, आईतवार / Nov 08, 2020 13:24:pm

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा आइतबार ३० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस शेयर आज दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण भएको हो ।

निर्धन उत्थानको २०७६ पुस १३ गते सम्पन्न एक्काइसौँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो।

उक्त बोनस शेयर २०७६ मंसिर २९ गते आइतबारसम्म नेप्सेमा कायम भएका लगानीकर्ताले मात्र पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments