सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा आह्वान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले मंसिर महिना २० गते शनिबार चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंक संचालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४हजार ५१८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) अनुमोदन गर्नेछ । बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई वितरण हुनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।