एनआईसी क्यापिटललाई सबा १ करोड खुलामुखी सामूहिक लगानी कोषको इकाई जारी गर्न अनुमति

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
४मंसिर, २०७७, बिहीबार / Nov 19, 2020 19:07:pm

एनआईसी एसिया क्यापिटलले खुलामुखी सामुहिक लगानी कोषको सबा १ करोड इकाई जारी गर्न नियामक निकाय धितोपत्र बोर्डले अनुमति दिएको छ ।

‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न बोर्डले कार्तिक २१ गते अनुमति दिएको जानकारी क्यापिटललाई दिएको छ ।

क्यापिटलले कूल ५० करोड रुपैयाँको यस योजनामा ५ करोड इकाई निष्काशन गर्न अनुमति मागेको थियो। सो मध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाई निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

योजनाको इकाई बिक्रीबाट प्राप्त हुने रकम ऋणपत्र उपकरणहरुमा मात्र लगानी गर्ने क्यापिटलले जनाएको छ। यसअघि पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डले भने शेयर बजार र ऋणपत्र दुबैमा लगानी गरिरहेकोमा यस फण्डले भने जोखिम कम हुने ऋणपत्र उपकरणहरुमा मात्र लगानी गरिने जनाएको छ ।

एनआइसी एशिया क्यापिटलले हाल दुईवटा बन्दमुखी योजना “एनआईसी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट १२ प्रतिशत र ब्यालेन्सड् फण्डले गत वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

क्यापिटलले ३० वटा धितोपत्रमा मात्र लगानी गर्ने उदेश्यले १ अर्ब रुपैयाँ बराबरको ‘एनआइसी एसिया सेलेक्ट ३०’ नामको अर्को नयाँ योजना सञ्चालनका लागि समेत बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने विश्वास क्यापिटलको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments