हिमालयन जनरलको पहिलो त्रैमासको नाफा २ करोड ६२ लाख

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
६मंसिर, २०७७, शनिबार / Nov 21, 2020 17:37:pm

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालु आवको पहिलो त्रैमाससम्ममा २ करोड ६२ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३ करोड १९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको हिमालयनको नाफा १७.६१ प्रतिशतले घटेको हो ।

असोज मसान्तसम्म कम्पनीले ८ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७.७९ प्रतिशत धेरै हो ।

गत आवको असोजसम्ममा कम्पनीले ७ करोड ७८ लाख ७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको हिमालयनको प्रतिशेयर आम्दानी ९.८४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८२.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१२ गुणा छ ।

कम्पनीको जगेडा कोषमा २५ करोड २० लाख ७७ हजार रुपैयाँ र बीमा कोषमा ५७ करोड ४१ लाख २० हजार रुपैयाँ सञ्चित भएको छ ।
चालु आवको पहिलो त्रैमासमा पुनर्बीमा कमिशन आयबाट २ करोड ३७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट ३ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

इन्स्योरेन्सले २३ हजार ३३८ वटा बीमालेख जारी गरी १८ करोड ४३ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा ७४९ दाबी बापत १ अर्ब १३ करोड ७८ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम १ हजार ७९७ दाबी बापतको २५ करोड ६७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments