विजय लघुवित्तको बोनस शेयर सूचीकृत

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५मंसिर, २०७७, सोमबार / Nov 30, 2020 16:40:pm


विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।

लघुवित्तको २०७६ पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद र गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले २०७६ पुस १३ गतेदेखि साधारण सभासको मितिसम्म बुकक्लोज गरेको थियो। यस अनुसार २०७६ पुस १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र लघुवित्तको बोनस पाउनेछन् । नगद लाभांश भने यसअघि नै शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।

बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख पुगेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments