लक्ष्मी इक्विटी फण्डको दुबै योजनाको प्रतिइकाई खुद सम्पति मूल्य वृद्धि

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५मंसिर, २०७७, सोमबार / Nov 30, 2020 19:01:pm

लक्ष्मी क्यापिटलको योजनामा सञ्चालित दुबै योजनाको गत असोजको तुलनामा कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ ।

शेयर बजारमा आएको उछालका कारण फण्डले लगानी गरेको सूचीकृत कम्पनीको शेयरमूल्य बढ्दा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद सम्पति मूल्य ४४ पैसा र लक्ष्मी उन्नति कोषको २२ पैसाले मूल्य बढेको हो ।

लक्ष्मी इक्विटी फण्डको कात्तिक मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ४४ पैसाले बढेर ११.४८ रुपैयाँ कायम भएको छ । गत असोजमा ११.०४ रुपैयाँ थियो ।

गत असोजमा सूचीकृत कम्पनीको शेयरमा ७७ करोड ५२ लाख ८५ हजार रुपैयाँ रहेको फण्डको लगानी कात्तिक मसान्तमा ७९ करोड ९८ लाख ३० हजार रुपैयाँ पुगेको छ । कार्तिक मसान्तमा फण्डले ६४ वटा सूचीकृत कम्पनीको १७ लाख ३० हजार ३६४ कित्ता शेयरमा लगानी गरेको छ ।

कार्तिक मसान्तसम्ममा फण्डको खुद सम्पत्ति १ अर्ब ४३ करोड ५० लाख २८ हजार पुगेको छ । असोजमा १ अर्ब ३८ करोड ५३ हजार थियो ।

असोजमा २ करोड १८ लाख ३२ हजार कुल नाफा आर्जन गरेको लक्ष्मी इक्विटी फण्डले कार्तिकमा ७ करोड ६८ लाख ७ हजार कुल नाफा आर्जन गरेको छ ।

यस्तै लक्ष्मी उन्नति कोषको प्रतिइकाई खुद सम्पति मूल्य २२ पैसाले बढेको छ । असोजमा १०.०५ रुपैयाँ रहेको फण्डको प्रतिइकाई खुद सम्पति मूल्य १०.२७ रुपैयाँ पुगेको छ ।

गत असोजमा सूचीकृत कम्पनीका शेयरमा १३ करोड ६६ लाख ३१ हजार रुपैयाँ लगानी रहेकोमा कात्तिक मसान्तसम्म १९ करोड २४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । कार्तिक मसान्तमा फण्डको ३२ कम्पनीमा ३ लाख ३३ हजार ५७४ कित्ता शेयरमा लगानी छ ।

कार्तिक मसान्तसम्ममा फण्डको खुद सम्पत्ति ६७ करोड १ लाख ४२ हजार पुगेको छ । असोजमा ६५ करोड ६१ लाख ९ हजार थियो । असोजमा ३४ लाख ८५ हजार कुल नाफा आर्जन गरेको उन्नति कोष फण्डले कार्तिकमा १ करोड ७५ लाख १९ हजार कुल नाफा आर्जन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments