सीबिआई क्यापिटलका दुई सामुहिक योजनाको यस्तो छ कार्तिकको वित्तीय विवरण

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५मंसिर, २०७७, सोमबार / Nov 30, 2020 19:37:pm

सीबिआई क्यापिटलको योजना व्यवस्थामा सञ्चालित दुबै योजनाको असोजको तुलनामा कात्तिक महिनामा प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ ।

शेयर बजारमा आएको उछालका कारण फण्डले लगानी गरेको सूचीकृत कम्पनीको शेयरमूल्य बढ्दा सिटिजन्स म्युचुअल फण्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य ०.४३ रुपैयाँ र सिटिजन्स म्युचुअल फण्ड २ को ०.४६ रुपैयाँले बढेको हो ।

सिटिजन्स म्युचुअल फण्ड १ को खुद सम्पति मूल्य कात्तिक महिनामा ११.३५ रुपैयाँ पुगेको हो । असोजमा मसान्तमा १०.९२ रुपैयाँ थियो ।

कात्तिक मसान्तसम्ममा फण्डको ४२ लाख ६ हजार ७२८ कित्ता शेयरमा ५२ करोड ८१ लाख ७२ हजार रुपैयाँ बराबरको लगानी छ । असोजमा ५४ करोड ६३ लाख ८७ हजार रुपैयाँ थियो ।

कुल ८२ करोड आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति कार्तिक मसान्तसम्ममा ९३ करोड ३ लाख ९१ हजार पुगेको छ । असोजमा ८९ करोड ५४ लाख ४३ हजार थियो।

असोजमा ६ करोड ५ लाख ८९ हजार कुल नाफा आर्जन गरेको सिटिजन्स म्युचुअल फण्ड १ ले कार्तिकमा ९ करोड ५५ लाख ३६ हजार कुल नाफा आर्जन गरेको छ ।

यसैगरी सिटिजन्स म्युचुअल फण्ड २ को खुद सम्पति मूल्य कात्तिक महिनामा ११.४५ रुपैयाँ पुगेको हो । असोजमा मसान्तमा १०.९९ रुपैयाँ थियो ।

कात्तिक मसान्तसम्ममा फण्डको १९ लाख ४५ हजार ६८७ कित्ता शेयरमा ४० करोड १४ लाख ७१ हजार रुपैयाँ बराबरको लगानी छ । असोजमा ३९ करोड ७१ लाख २ हजार रुपैयाँ थियो ।

कुल ५६ करोड आकारमा सञ्चालित फण्डको खुद सम्पत्ति कार्तिक मसान्तसम्ममा ६४ करोड ९ लाख ९३ हजार पुगेको छ । असोजमा ६१ करोड ५६ लाख २९ हजार थियो।

असोजमा ४ करोड ७८ लाख २८ हजार कुल नाफा आर्जन गरेको सिटिजन्स म्युचुअल फण्ड १ ले कार्तिकमा ७ करोड ३१ लाख ९२ हजार कुल नाफा आर्जन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments