यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच बीमा सेवा सम्झौता

-नोटबजार संवाददाता।
काठमाडौं।
६पुष, २०७७, सोमबार / Dec 21, 2020 14:57:pm


यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल चिकित्सक संघबीच निर्जीवन बीमा सेवा आदान प्रदान सम्बन्धि संम्झौता सम्पन्न भएको छ ।

उक्त संम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरे ।

यस संम्झौता पस्चात चिकित्सक संघमा आबद्ध सदस्यहरुको कम्पनीले प्रदान गर्ने विविध बीमा सेवामा सरल पहुँच हुने तथा दाबी भुक्तानी प्रकृयामा थप सहजता हुने कम्पनीको भनाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments