काल्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को न्यूनिकरणको लागि डेनिस मुद्रा ९ करोड ५० लाख अर्थात १३.८ मिलियन युएस डलर (एक अर्ब ६५ करोड नेपाली रुपैयाँ) सहयोग गरेको छ ।
काल्सबर्गमा मुख्य लगानी रहेका तीन फाउण्डेशन द काल्सबर्ग फाउण्डेशन, द न्यु काल्सबर्ग फाउण्डेशन र टुवोर्ग फाउण्डेशनले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीहरुसँग लड्नका लागि यो रकम प्रदान गर्न लागेका हुन्।
उक्त सहयोग रकमको प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोना भाईरस सम्बन्धि अनुसन्धान गर्ने टोली रहेका छन् ।
काल्र्सबर्ग फाउन्डेसनले सबै लाभांशहरु आधारभूत विज्ञान र समाजमा उत्पन्न हुने विभिन्न किसिमका समस्याको निवारणको लागि सहयोग प्रदान गर्ने गर्दछ ।
प्रतिक्रिया