‘लकडाउन’को मारमा दशौँ लाख भारतीय मजदुर, मोदीले माफी मागे

0
Shares

भारतमा गत मङ्गलबार रातीबाट शुरु भएको लकडाउनको कारण दशौं लाख गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् ।

दशौं लाख मजदुरलाई परेको दुख आफूबाट नलुकेको साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममा उनले आइतबार बताएका हुन्।

लकडाउन गर्नु भन्दा ४ घण्टाको मात्र सूचना दिएर उक्त कडा बन्देजको घोषणा गरिएको थियो । यस कदमको भारतमा निकै आलोचना हुँदै आएको छ ।

एक्काइसी दिनको लागि भएको लकडाउनबाट करिब एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा मजदूरहरु भोको र बेरोजगार भएका छन् ।

साप्ताहिक रेडियो सम्बोधनमा आइतवार मोदीले भनेका छन् “मलाई तपाईहरुको समस्या थाहा छ, तर कोरोना भाइरस विरूद्ध लड्ने अर्को कुनै उपाय छैन। यो जीवन र मृत्युको लडाई हो र हामीले त्यो जित्नुपर्छ।’यसैबीच करार र दैनिक ज्यालादारीका दशौं हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेका बताइएको छ।

प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्थालाई दिएको एक जानकारी अनुसार एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएका थिए।

प्रकाशित मिति: १७ चैत २०७६, सोमबार  १८ : ५९ बजे