नेशनल लाइफले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

-नोटबजार संवाददाता।
काठमाडौं।
२२पुष, २०७७, बुधबार / Jan 06, 2021 11:08:am

नेशनल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न ३२ औं वार्षिक साधारण सभा बोलाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको पुस ९ गते बिहीबार सम्पन्न ४०४ औं बैठकले इन्स्योरेन्सको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा माघ १५ गते बिहीबार सभा बोलाएको हो । सभा बिहान १०ः३० भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँको नगद लाभांंश वितरण प्रस्ताव स्वीकृत गर्नेछ।

यसैगरी इन्स्योरेन्सले बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताव समेत पारित गर्दैछ ।

कोरोना भाइरसका कारणले भर्चुअल माध्यमबाट पनि सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको इन्स्योरेन्सले जनाएको छ । सभामा आर्थिक वर्ष २०७५/०७६ समाप्त वर्षको वासलात, आय व्यय हिसाब, नाफा नोक्सान हिसाव एवम लेखापरिक्षकको प्रतिवेदन उपर छलफल गरिने छ । माघ १ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले माघ २ गते शुक्रबार देखि माघ १५ गते बिहीबारसम्म बुकक्लोज गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 


Share on:


Comments