सिटिजन्स बैंकले डाक्यो विशेष साधारण सभा, तिनाउ मिसनलाई प्राप्ती गर्ने अन्तिम स्वीकृति लिँदै

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२३पुष, २०७७, बिहीबार / Jan 07, 2021 17:41:pm

सिटिजन्स बैंक इन्टरनेसनलले माघ १५ गते बिहीबार बैंकको प्रधान कार्यालय रहेको भवन, दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ ।

बैंक सञ्चालक समितिको पुस २२ गते बुधबार सम्पन्न बैठकले वेभिनारको माध्यमबाट सभा सञ्चालन गर्नेगरी डाकेको हो ।

विशेष साधारण सभामा सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १०० बराबर ९६ कित्ता शेयरमूल्य अनुपातमा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने लगायत मर्जर प्राप्ती सम्बन्धी सम्पूर्ण भए गरेका सम्झौताहरु अनुमोदन गर्ने भएको छ ।

विशेष साधारण सभा प्रयोजनको लागि बैंकले माघ २ गते शुक्रबार एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार माघ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र विशेष साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।



Share on:


Comments