चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन खुल्यो

-नोटबजार संवाददाता।
काठमाडौ ।
२४पुष, २०७७, शुक्रबार / Jan 08, 2021 08:12:am

चन्द्रागिरी हिल्सले यहि पुस २४ गतेदेखि झण्डै १४ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ । कम्पनीले १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसारलाई बिक्री गर्ने जनाएको छ ।

कम्पनीको आईपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न पाउनेछन् । १० कित्ते बाँडफाँड नीति भएकाले १० कित्ता मात्र शेयर आवेदन गर्नु उचित हुनेछ । कम्पनीको आईपीओमा मेरो शेयर एप, मेरो शेयर सफ्टवेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो। आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कम्पनीले स्थानीयबासीलाई निष्काशन गरेको आईपीओ ७० कित्तासम्म आवेदन गर्नेलाई माग अनुसार नै र बढी पाउनेले अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पुस १ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण शेयर जारी गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments