कोरोना बीमा वाापत २ अर्ब भुक्तानी, २४ हजार बढीले बुझे रकम

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२८पुष, २०७७, मंगलवार / Jan 12, 2021 11:10:am

कोरोना बीमा गर्ने २४ हजार बढी बीमितले कारोना बीमाको रकम बुझेका छन् । सोमबारसम्म २४ हजार ३८५ जना बीमितले कोरोना बीमाको रकम बुझेका हुन् । समितिले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबारसम्म २४ हजार ३८५ जना बीमितलाई कम्पनीहरुले २ अर्ब ३७ करोड ३६ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।

पुस २७ गतेसम्म बीमा कम्पनीहरुमा ४८ हजार ६०७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका २ हजार ६६२ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । तीन हजार २३६ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार ८ हजार २०४ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । भने एक हजार ७२ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, १७९ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ८६९ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments