ज्योति विकास बैंकको बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२८पुष, २०७७, मंगलवार / Jan 12, 2021 12:15:pm

ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनस सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।

बैंकले माघ १४ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाण्डौं आह्वान गरेको छ । १३ औं वार्षिक साभारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस २९ गतेदेखि माघ १० गतेसम्म बुकक्लोज मिति ताकेको हो ।

यसअनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् । यसअनुसार आजसम्म शेयर खरीद गर्ने लगानीकर्ताले मात्र बोनस पाउनेछन् । बैंकको शेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २४० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

बैंकले साधारण सभा मार्फत मर्जर तथा प्राप्तीमा जाने बाटो खुला गर्ने भएको छ । यसअघि हाम्रो विकास बैंकसँग मर्जर गरेको बैंकले थप मर्जर चाहेको हो । सभामा गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने लाभांश अनुमोदनको अतिरिक्त मर्जर प्राप्तीलाई मुख्य प्रस्ताव बनाइएको छ ।

उक्त सभाले ज्योति विकास बैंक र अन्य उपयुक्त कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने, डिडिएका लागि मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै सभाले बैकको ५४.३५ प्रतिशत संस्थापक समुहको शेयर ५१ प्रतिशत कायम गरी बाँकी शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने भएको छ ।

बैंकको पुस १९ गते बसेको सञ्चालक समितिको ३७८ औँ बैठकले कोरोना भाइरसको जोखिम रहेकाले माघ १४ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा भर्चुअल माध्यमबाट १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments