प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा, १९ करोड बढी बाँड्ने

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२८पुष, २०७७, मंगलवार / Jan 12, 2021 10:28:am

प्रिमियर इन्स्योरेन्स कम्पनी (PIC) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवबाट १९ करोड २३ लाख ३१ ह्जार ८८० रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।

इन्स्योरेन्स सञ्चालक समितिको पुस २७ गते सोमबार सम्पन्न २९० औं सञ्चालक समितको बैठकले ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको इन्स्योरेन्सका कम्पनी सचिव महेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

कम्पनीको हाल १ अर्ब ७४ करोड ५ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

निर्जीबन बीमा कम्पनीहरुलाई बीमा समितिले एनएफआरएस प्रणाली अनुसारको जगेडा तथा कोषहरु कयम गर्न लगाएपछि अघिल्लो आवको नाफाबाट प्रिमियरले कुनैपनि लाभांश वितरण गरेको थिएन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments