शेयर बजारलाई हेर्दा समस्याहरु सकिए जस्तो देखिए पनि भर्खर सुरु हुँदैछन्

-नोटबजार संवाददाता।
काठमाडौं।
६माघ, २०७७, मंगलवार / Jan 19, 2021 12:46:pm

पछिल्लो समयमा भारतमा कारको बिक्री बढेको सन्दर्भले विलाशीताका वस्तुहरुको मागमा बढोत्तरी आएको देखिएपनि कोरोना भाइरसको असर अझै पनि कायम छ । कारको माग तथा बिक्री बढेको भएपनि २ पांग्रे सवारी साधनको माग तथा बिक्री बढ्न सकेको छैन । यसले अर्थतन्त्रमा पुनरावृत्ति आएको भन्न नमिल्ने बताउने रिजर्भ बैंक अफ इण्डियाका पूर्व गभर्नर तथा प्रसिद्ध अर्थशास्त्री रघुराम राजनसँग इकोनोमिक्स टाइम्सले गरेको कुराकानीको अनुवादित अंशः-

  • मुम्बई स्टक एक्सचेन्ज सूचक (सेनसेक्स) अकल्पनीय रुपमा बढेर हालसम्मकै उच्चबिन्दु ५० हजार पुगेको छ, शेयर बजार र देशको अर्थतन्त्र बीच तालमेल हुन नसक्नुलाई कसरी व्याख्या गर्नुहुन्छ ? जबकी यसभन्दा अघि सन् २००८ मा भएको विश्वब्यापाी आर्थिक मन्दीको विषय सबैलाई सर्वविधित नै छ, के हामी त्यो भन्दा पनि ठूलो समस्यामा जाँदैछौ ?

यो अहिले नै भन्न मुस्किल छ । यस सन्दर्भमा सबैले विश्वमा भैरहेका पछिल्ला घट्ना क्रमलाई हेर्नुपर्ने हुन्छ ।

पछिल्लो वर्षको सुरुवातिमा १० हजार डलर रहेको बिट क्वाइन अहिले बढेर ४० हजार डलर पुगेको छ । बिटक्वाइन अहिले क्लासिक बबलको अवस्थामा छ । यसले कुनै पनि भ्यालु उत्पादन गर्दैन् ।

यो यस्तो सम्पत्तिको जसले कुनै वस्तु तथा सेवा खरिद गर्ने क्रममा भुक्तानी गर्न सकिँदैन । यो अहिले यति धेरै महँगो भएको छ की यो अझै पनि बढ्छ भन्ने मानसिकतामा मानिसहरु छन् । त्यसैगरी टेस्ला कारको मूल्य पनि टोयटा या अन्य सामान्य मोटरकार भन्दा कयौं गुणा धेरै कायम गरिएको छ ।

कुनै पनि कारको मूल्यलाई कुनै पनि व्यक्तिको सफलता र झल्काउनका लागि मूल्य निर्धारण गरिएको छ । यो होइन की सबै चिजको मूल्य निर्धारण गर्दा हामीले बुझ्ने गरी नै गरिन्छ । यसको अर्थ तत्काल नै उच्च बिन्दु आउँदैछ । त्यसका लागि नदेखिएका केही सहयोगी पक्षहरुपनि हुन्छन् । ती मध्ये सहज मौद्रिक नीति, न्यून ब्याजदर र अर्थतन्त्रको पुनरावृत्ति जस्ता कुराहरुले पनि उत्तिकै भुमिका खेलेका हुन्छन् ।

कारमेन रेनहार्टले जस्तै म पनि यसलाई पुनरावृत्ति नै भन्न मन पराउँछु । यलाइ सुधार भन्न मिल्दैन । सुधार भनेको पहिलेको अवस्थामा आउनु मात्र हो । अहिले हामी पहिलेको अवस्थामा भन्दा पनि धेरै तल रहेका छौं । तर, हामी निकै छिटो पुरानो अवस्थामा फर्कदै छौं । उत्पादनमुलक क्षेत्रमा यस्तो खालको सुधार देखिएको छ । यसले आर्थिक गतिविधिमा आउने सुधारका लागि केही बाधा नभएको देखाउँछ । तर, यसको वास्तविकता भने केही फरक देखिन्छ ।

अहिले पूँजी बजारमा सोचेभन्दा धेरै साना लगानीकर्ताहरुले पनि प्रयाप्त पैसा लगानी गरेका छन् । अहिले साना लगानीकर्ताले पनि पैसा ट्रान्फरबाट, घरमै बसेको हुनाले अन्य क्षेत्रमा खर्च नगरेर राखेको पैसा समेत शेयर बजारमा लगानी गरेको देखिन्छ ।
त्यसैले न्यून ब्याजदर, उत्पादन मूलक क्षेत्र पुरानो अवस्थामा आउनुले तथा केही समयका लागि स्वस्थ्य प्रगति देखिनु तथा ठूला कम्पनीले नाफा गरेको अवस्था भएपनि साना तथा मझौला कम्पनीहरु व्यवसाय भन्दा बाहिर रहेको अवस्था छ । यी सबे घटनाक्रमले तत्कालका लागि अर्थतन्त्र सकारात्मक दिशातर्फ देखाएको हो।

कोरोनाका कारण अवश्य पनि ठूलो क्षति भएको छ । यो क्षतिको असर देखिन चालु आर्थिक वर्षको मध्य समयसम्म कुर्नुपर्छ । यसले अहिले देखिएको सकारात्मकताले नकारात्मकतालाई मेटाउँछ भन्ने प्रश्न आउन सक्छ । म शेयर बजारको विज्ञ हुन चाहन्न । यसैगरी अझै माथि पनि जान्छ । तर, मैले भन्नसक्ने भनेको अहिले लगानीमा विविधिकरण गर्ने उपयुक्त समय हो ।

  • त्यसो हो भने तपाइले शेयर बजार र अर्थतन्त्र विच अन्तर सम्बन्ध टुटेको देख्नु हुन्छ । त्यसैले अल्पकालीन भन्ने शब्द प्रयोग गर्नु भएको हो ?

अहिलेको माग र नतिजाका आधारमा अवश्य पनि अल्पकालीन देखिन्छ । पछिल्लो समयमा धनी भारतीय नागरिकमा विलाशीताका सामाग्री आवश्यकता महसुस भएको देखिन्छ । अर्थात विलासिताका सामाग्रीको माग बढेको देखिन्छ । यसका लागि चार पांग्रे सवारीसाधनमा देखिएको बिक्री सुधारलाई हेर्न सकिन्छ । त्यही दुई पांग्रे सवारी साधनको माग तथा बिक्री बढ्न सकेको छैन । यी साधनले दुई अलग अलग समुहलाई सम्बोधन गर्छन् । 

यसले अप्पर मिडल क्लास जसले चारपांग्रे सवारी साधन खरिद गर्ने र गरिब तथा तल्लो वर्गका मध्यवर्गिय परिवार जस्ले दुई पांग्रे सवारी साधन खरिद गर्नेलाई जनाउँछ । जो सँग केही हदसम्म सम्पत्ति छ तिनीहरुले राम्रै गरिरहेका छन् । जो सँग छैन उनीहरुले गर्न सकेका छैनन् । यसमा खडा हुने प्रश्न भनेको के हामीले सम्पत्ति नभएको समुहलाई वेवास्ता गर्न सक्छौ ? अवश्य पनि सक्दैनौं । न त त्यो राजनीतिक रुपमा हुन सक्छ न त अर्थिक रुपमा नै । त्यसैले उपभोगको अवस्था कस्तो हुन्छ भन्ने कुरालाइ गम्भिर रुपमा हेर्नुपर्ने हुन्छ । कोरोनाका कारणले भारतमा १८ मिलियन रोजगारी गुमेको अवस्था छ ।

  • तरलताका कारण मात्र शेयर बजार बढिरहेको भन्ने तपाइले देख्नुहुन्न ?

कुनै पनि वस्तुको मूल्य निर्धारण गरिनु भनेको गणनासूचक मात्र होइन । उत्पादन मुलक प्रविधि क्षेत्रको गणना सूचक हर्ने हो भने धेरै माथि रहेको छ । तर, त्यसको छुट पनि धेरै तल्लो तहमा रहेको छ । किनभने ब्याजदर पनि न्यून छ । तपाइले यी दुबैलाई सँगै राख्नुभयो भने उच्च मूल्य पाउनसक्नु हुन्छ । यस सन्दर्भमा कुरा गर्दा उठ्ने प्रश्न भनेको कति लामो समयसम्म उच्चदरको आम्दानी रहन्छ ।

जहाँ अर्थतन्त्र समस्यामा रहेको छ । अहिलेको सुरुवाती समयमा देखिएको बलियो मागले पनि अर्थतन्त्रको अवस्था आफैँ देखिन्छ । त्यससँगै उठ्ने अर्को प्रश्न भनेको अहिलेको न्यूनदर दीर्घकालसम्म कायम रहिरहन्छ, जसका आधारमा अहिलेको बजारले मूल्य निर्धारण गरिरहेको छ जस्तो लाग्छ ? त्यसैले अहिलेको न्यून कार्यासम्पादनलाई व्यवस्था गरिएको छ । यो आइडिया भनेको आगामी दिनमा बलियो पुनरावृत्ति हाँसिल गर्नका लागि जे भैरहेको छ राम्रो हुँदै गइरहेको छ । अल्पकालका लागि भएको न्यून दरले दीर्घकालीन अवस्थासँग जोडन मिल्दैन ।

यो भनेको बजारले गरेको गणना हो । अवश्यक पनि बजारमा साना लगानीकर्ता आउने जाने क्रम भै रहन्छ । जसकारण विटक्वाइन र टेस्ला जस्ताको मूल्य बढ्छ । लगानीकर्ता पनि यस्तैमा दौडन्छन् । त्यसैले मलाइ लाग्छ भारतको शेयर बजारमा पनि यस्तै खालका शेयरहरु छन् । जसमा लगानी गरेर सजिलै छोटो समयमा पैसा कमाउन सकिन्छ भन्ने सोचले निर्देशित गरेको छ । अमेरिकामा पनि यस्तै खालको चिन्ता देखिएको छ । यसभन्दा अघिको आर्थिक मन्दीले दिएको महंगी पनि धेरै समय रहेन । अहिलेको अवस्थाले विगतको भन्दा केही लामो समयसम्म महँगी रहन सक्छ । यसमा उठ्ने प्रश्न भनेको महंगी अझै बढेको खण्डमा सेन्ट्रल बैंकले कति समयसम्म नियन्त्रणमा राख्न सक्छ ?

  • विश्वको वृहत अर्थतन्त्रको परिदृश्यलाई कसरी हेर्नु भएको छ ?

कोरोना भाइरस विरुद्धको खोप तयार हुनुले महामारी आगामी केही समयमा नियन्त्रणमा आउनेछ । यसमा केही अनिश्चितता पनि देखिन्छ । तरपनि आगामी वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश औधोगिक देशका नागरिकले खोपको प्रयोग गर्ने हुँदा सेवा क्षेत्र, रेष्टुरेन्टहरु व्यवसाय पुरानो अवस्थामा फर्कने देखिन्छ । यसमा दोस्रो चरणको भाइरसले केही अनिश्चितता देखिएको छ । जुन पहिलो भन्दा धेरै खतरा रहेको कुरा आइरहेको अवस्थामा त्यसका लागि आवश्यक उपयुक्त कदम चाल्नु पर्नेछ ।

बेलायतले दोस्रो चरणको कोरोना भाइरसका लागि कठोर कदम चालिसकेको छ । यो दोस्रो चरणको भाइरसले यो वर्षको पहिलो त्रैमासको आर्थिक गतिविधिमा ठूलो असर गर्ने देखिन्छ । यो कहिलेसम्म रहन्छ भन्ने ठूलो अनिश्चितता हो । अहिले र आगामी तेस्रो त्रैमासको बीचको कस्तो आर्थिक गतिविधि रहन्छ ? यसले अझै पनि सेवा क्षेत्रलाई असर गर्दैछ । तर, उत्पादनमूलक क्षेत्रलाई भने त्यति असर गरेको देखिँदैन । यसमा कम्पनीहरुले समाजिक दूरी कायम गरेर काम कसरी गर्ने भन्ने उपायहरु अबलम्बन गरिसकेको अवस्था छ । तर अर्थतन्त्रको ठूला हिस्सा सेवा क्षेत्रको रहेको छ । अहिलेको अवस्थामा अत्याधिक योग्य सेवाले भने निरन्तरता पाउने देखिन्छ । अहिलेको अवस्थामा भर्चुअल रुपमा सम्भव हुने सेवा कायम नै रहेको छ । तरपनि भौतिक रुपमा उपस्थिति भएर छोएर हुने सेवा क्षेत्र अझै पनि दुविधामा रहेको छ ।

दोस्रो चरणको भाइरसका कारण लकडाउन निरन्रत रहेको खण्डमा १० देखि २० प्रतिशत अर्थतन्त्र गम्भिर रुपमा प्रभावित हुने देखिन्छ । अर्को ठूलो प्रश्न भनेको भाइसर परिवर्तन हो । अहिले पत्ता लगाइएका भ्याक्सीनले दोस्रो चरणमा आएको भाइरसलाई निराकरण गर्न सक्छ की सक्दैन ? यसको उत्तरमा सक्छ भन्ने आएपनि त्यो पूर्ण रुपमा ढुक्क हुन सक्ने अवस्था भने छैन । त्यो अन्तिम जोखिम भनेको हामीले भाइरसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सक्नेछैनौं । तर, बजार मूल्यमा भने यो वर्षको दोस्रो त्रैमासदेखि बलियो सुधार आउँदैछ । यसै कारणले गर्दा बजारका सबै सम्पत्तिहरुमा अत्याधिक सुधार आएको हो ।

त्यसको केही असर भारतीय धितोपत्र बजारमा पनि देखिइरहेको छ । एस एण्ड पी एक पटक ५०० कायम गरियो । त्यसलाई शेयरको मूल्यमा आउने परिवर्तनले असर पर्ने भयो । त्यसपछि तपाइले नयाँ र उदाउँदो बजारमा उच्च इल्ड भएको वण्डको खोज्नु हुन्छ । सबै खालका सम्त्तीको मूल्य निर्धारण गरिएको हुन्छ । त्यसैको अशिक कारणको रुपमा पछिल्लो समय बिटक्वाइन चर्चामा आएको छ । अहिलेको अवस्थामा हरेक उदाउँदा बजारहरुको अवस्था यहि नै छ । यसमा उठ्ने प्रश्न भनेको अर्थतन्त्रको अस्थामा अनुसार कुल तहसम्म उपयुक्त हो त भन्ने नै हो ।

  • अमेरिकी राष्ट्रपति वाइडेनको कार्यकालमा आन्तरिक भन्दा पनि बाह्य पक्षहरुलाई धेरै केन्द्रित गर्ने देख्नुहुन्छ ?

बाइडेनको प्रशासन फर्किन्छ कि भन्नु गतल हुनेछ । त्यसका साथै चाइनिज प्रशासनसँग मित्रवत व्यबाहार गर्ने छ भन्ने पनि देखिँदैन । दुबै देशबीचको जटिलता धेरै गहिरो रुपमा बढेको छ ।

बासिङटनमा सि जिङ पिङको प्रशासन प्रति धेरै शंका उपशंकाहरु छन् । त्यसैले अहिलेको अवस्थामा साउथ चाइना सिमा सैन्य शक्ति नराख्ने बाचा समेत तोडिसकेको अवस्था छ । यसको विरोधमा चाइना रसियासँग सहकार्य गर्दैछ । यो भनेको अमेरिकालाई प्रतिद्धन्द्धी बनाएर चलेको कोल्ड वार हो । तरपनि यो गम्भिर आर्थिक शक्ति हुनै सक्दैन । चाइना भनेको सैन्य तथा आर्थिक दुबै पक्षमा शक्तिशालि छ । साथै चाइना प्रविधिको दोहोरो प्रयोगका साथै सुरक्षमा पनि उत्तिकै शक्तिशाली छ । त्यसैले अमेरिकाको चिन्ताको विषय भनेको चाइनाले गरेको यी क्षेत्रका प्रगतिको विषयलाई लिएर नै हो ।

त्यसैले पनि वाइडेन प्रशासन ट्यारिफ हटाउने कुरा पछि हट्ने वा झुक्ने भन्ने देखिँदैन । अहिले गर्नुपर्ने भनेको जतिसक्दो धेरै बातचित नै हो । यसका लागि अमेरिकाले बातचित गर्दा जापान, यूरोपलाइ पनिसँगै लगेको खण्डमा चाइनासँग छलफल गर्न सहज हुने देखिन्छ । अहिलेको अवस्थामा बौद्धिक सम्पत्तीको विषयमा पनि छलफल चलिरहेको छ । यो भनेको ट्यारिफ फिर्ता नगर्ने भन्ने बारेमा नै छलफल हुनेछ । यसले अमेरिकी उपभोक्तालाई नै असर गर्नेछ । तर, त्यसलाइ फिर्ता गर्नु पनि एक दिन नराम्रो सावित हुनेछ । प्रयाप्त छलफलपछि त्यो फिर्ता होला । तर, तत्काल यो हुने देखिन्न ।

  • अहिले भारतको अर्थतन्त्रले भि आकारको सुधार गरिरहेको भन्ने कुरामा तपाइलाई विश्वास लाग्छ वा यो भन्नका लागि धेरै छिटो भयो भन्ने लाग्छ ?

अर्थतन्त्रको अधिकांश हिस्सा भनेको औपचारिक क्षेत्र तथा ठूला उद्योग कलकारखानाबाट आउँछ । यसमा तथ्याङ्क संकलन संस्थाहरुले अनौपचारिक क्षेत्रलाइ पनि प्रयास गर्यो । तर यो कत्तिको प्रभावकारी हुन्छ भन्ने हामीले भन्न सक्दैनौं।

अहिलेको महामारीले अनौपचारिक क्षेत्रमा झनै ठूलो असर गरेको छ । साना तथा मझौला उद्योग जसको प्रयाप्त स्रोत छैन । त्यस्तो क्षेत्र झनै गहिरो प्रभावमा परेको छ । यसमा देखिने प्रश्न भनेको लकडाउन र समाजिक दूरी कायम गर्नुपर्ने कुराले कस्तो असर गरेको छ भन्ने हो ? औपचारिक क्षेत्रको रोजगार पनि उच्च दरमा घटेको छ । तर अनौपचारिक क्षेत्रको रोजगार पनि त्यो भन्दा धेरै गुमेको हुनसक्छ ।

महामारी अघि भन्दा अहिलेको समयमा १८ मिलियन बेरोजगार बढेको छ । भारतले पनि तिब्र गतिमा आर्थिक वृद्धि गर्नेमा म विश्वस्त छु । अहिलेको समयमा भारत मात्र होइन सबै जसो देशको अर्थतन्त्रमा उच्च सुधार आउनेछ । त्यसको कारण भनेको कुल ग्राहस्थ उत्पादनको करिब २५ प्रतिशत घटेपछि सुधार भनेको तिब्र नै हुन्छ । हामीले पुरानो अवस्थामा फर्केको पनि देख्नेछौं । तर, हामीले गुमेको धरातललाई माथि लैजानका लागि के गर्दै छौ भन्ने प्रश्न भने रहन्छ ।

विश्व बैंकका अनुसार भारतले कुल ग्राहस्र्थ उत्पादनको ९०० विलियन गुमाएका छौं । यसलाई कसरी गणनागरी मलाइ थाहा भएन । यो भनेको कुल ग्राहस्र्थ उत्पादनको एक तिहाइ हो । महामारी भन्दा अघिको अवस्थामा पूग्न मात्र हामीलार्ई कति समय लाग्छ ? अमेरिकाको सन्दर्भमा कुरा गर्दा यो वर्षको दोस्रो त्रैमासदेखि पहिलाको अवस्थामा फर्कने अनुमान गरिएको छ । भारतको सन्दर्भमा कुरा गर्दा २०२२ सम्ममा पनि महामारी भन्दा अघिको अवस्थामा पुग्छौं जस्तो लाग्दैन। त्यसपछि फेरि हामीले विगतमा गर्दै आएको ४ देखि ५ प्रतिशतको वृद्धिलाई फर्काउनका लागि समय लाग्ने देखिन्छ नै । यो अवधिमा हाल धेरै आधार गुमाएका पनि छौं । त्यसले त्यो आधार तय गरी पुनः माथि जानका लागि समय लाग्ने देखिन्छ ।

अहिलेको अवस्थामा माग तथा अर्थतन्त्रको स्वास्थ्यमा कस्तो असर पर्छ भनेर भन्न धेरै छिटो हुन्छ। यसमा संरचनागत क्षति, घर गृहस्तीमा पुगेको क्षती, बच्चाहरुमा पुगेको क्षति लगायत धेरै कुराहरुका लागि तयारी गर्नुपर्नेछ । एक वर्षसम्म बच्चा स्कुल नगएको अवस्थामा हामीसँग कस्तो खालको प्रणाली छ ? त्यो एक वर्षको अवधिमा बच्चाहरुले केही सिकेनन मात्र होइन धेरै विर्षिएका पनि छन् । त्यसलाई हामीले कसरी फिर्ता गर्न सकिन्छ ? हामीले तयारी गर्नुपर्ने विषय भनेका यी हुन् । सेनसेक्सलाई मात्र हेरेर कसैले समस्या सकिए भन्छ भने त्यो होइन । समस्याहरु त बल्ल सुरु भएको अवस्था छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments