उद्यमी बन्न चाहने महिलाहरुलाई लक्षित गर्दै अभिमुखीकरण तालिम आयोजना हुँदै, अनलाइनबाट आवेदन माग

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१०माघ, २०७७, शनिबार / Jan 23, 2021 09:33:am

नेपालको औद्योगिक क्षेत्रमा विशेष योगदान पूराउने उद्धेश्यअनुरुप संञ्चालनमा आएको EntrepreneuHER को पहिलो संस्करण जनवरी अन्तिमदेखि सुरु हुने भएको छ । भिजुअल लर्निंङ इनक्युबेसनका साथ जनवारीको अन्तिम सातादेखि कार्यक्रम प्रारम्भ हुने प्रक्रियामा रहेको बताइएको छ । ज्योति विकास बैंक र क्लक बि बिजनेस इनोभेसनको विषेश सहकार्यमा ३१ जनवरी देखि २८ फेबुअरीसम्म काठमाडौँमा प्राबिधिक व्यवस्थापनका साथ आयोजना हुन लागेको हो ।

कार्यक्रम आयोजकका अनुसार उद्यमी र उद्यमी बन्न इच्छुक महिलाहरुलाई सहजता स्वरुप आफ्नो व्यवसाय संञ्चालनमा ल्याउन अथवा चलिरहेको व्यापार व्यवसायलाई अझै व्यवस्थित गर्न टेवा पुग्नेछ । नेपालमा नै सरल र सुलभ ढंगबाट व्यवसाय सञ्चालन गर्ने वातावरण तयार पार्दै क्षमता बिस्तारमा पनि कार्यक्रमले सहयोग गर्ने बताइएको छ । यसका लागि आवश्यक मार्गदर्शन 'गतिविधिमा आधारित शिक्षा' मा अभ्यस्त पारिने बताइएको छ ।

EntrepreneuHER कार्यक्रम एक प्रयोगात्मक र नेटवर्कि कार्यक्रम हो, जुन विशेष रूपमा महिला उद्यमीहरू र उद्यमी बन्न चाहने महिलाहरुका लागि डिजाइन गरिएको छ । यस कार्यक्रम मार्फत महिला उद्यमशीलताको विकास गर्दै एकआपसमा उद्यमशीलता सम्बन्धी अन्तरसम्बन्ध कायम गर्न, सल्लाहकार, लगानीकर्ता तथा प्रशिक्षकहरूसँग जोड्न मद्दत मिल्ने अपेक्षा गरिएको छ । EntrepreneuHER द्वारा महिला उद्यमशीलता प्रवर्द्धनको लागि बिना धितो व्यवसायिक कर्जा, सीड फण्डिङ, इक्वीटी, लगानीको अवसर पनि महिलाहरुले पाउने छन् ।

औद्योगिक क्षेत्रलाई उत्साह र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष EntrepreneuHER को सुरुवात भएको हो । यो कार्यक्रम काठमाडौँमा मात्र सिमित नभई नेपालका सातै प्रदेशहरुका लागि खुल्ला गरिएको छ । इच्छुक उद्यमीहरुले अनलाइन आवेदन मार्फत आफ्नो स्थान सुरक्षित गर्नु पर्ने बताइएको छ । “क्लक बि” को वेबसाइट अथवा आधिकारिक फेसबुकमा अनलाइन फारम उपलब्ध हुनेछ ।

EntrepreneuHER मा ३० जना महिलालाई मात्र सहभागि गराइनेछ । यसका लागि विशेष समिति चयन गरी ३० जना महिला छनौट गरिने र सहभागीलाई हप्ता दिनसम्म तालिम दिइने छ । जसले आइडेनटिफिकेसन, आइडीयट, मूल्य प्रस्ताव र यूएसपी, ग्राहक प्रोफाइल, स्रोत व्यवस्थापन, समझदारी लगायत राजस्व र व्यवसाय मोडेल निर्माण लगायत विषय सिकाइनेछ ।

तालिम तथा कार्यशाला पश्चात मेन्टरशीप कार्यक्रम र त्यस पछि कन्क्लेव आयोजना हुने आयोजकले जनाएको छ । उक्त अवसरमा समाजका लागि आवश्यक र धेरैको हीत हुने किसिमका व्यवसायिक अवधारण र सोचलाई पुरस्कृत गरिने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments