'भ्यालेन्टाइन डे' मा गरगहना खरिदमा १२ महिनाको भुक्तानीमा २ किस्ता छुट

-नोटबजार संवाददाता।
काठमाडौं।
२९माघ, २०७७, बिहीबार / Feb 11, 2021 12:10:pm

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुलाई 'भ्यालेन्टाइन डे' को अवसरमा गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको छ ।

सामान्यतया भ्यालेन्टाइन डे मा आफुलाई मन पराउने मायालुलाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आईरहेको छ ।

यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डूले बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसंगको सहकार्यमा ग्राहक महानुभावहरुलाई गरगहना खरिदको लागि इएमआई सुबिधा ल्याएको छ।

यस सुबिधामा ग्राहकले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्ने बैंकले जनाएको छ । साथै, यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्न सक्नेछन र १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments