सानिमा बैंकको काठमाण्डौं कीर्तिपूरमा बैंकिङ्ग सेवा विस्तार

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१७फाल्गुन, २०७७, सोमबार / Mar 01, 2021 19:22:pm


सानिमा बैंक लिमिटेड (SANIMA) ले मिति २०७७ फाल्गुन १७ गते काठमाण्डौंको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भएको थियो ।

उद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments