अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य समायोजन

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
९चैत्र, २०७७, सोमबार / Mar 22, 2021 09:42:am

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) को शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको जारी गर्ने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदलाई समायोजन गरी सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन भएको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते सोमबार शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने मिति तोकेको थियो । बुकक्लोजसँगै नेप्सेले हकप्रद समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

५० प्रतिशत शेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता २४२ रूपैयाँ शेयरमूल्य निर्धारण गरेको छ । आइतबारको कारोबार भएको अन्तिम मूल्य ३१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको हो ।

मूल्य समायोजनसँगै सोमबार समायोजित शेयरमूल्यलाई आधार माने र शेयर कारोबार खुल्नेछ भने चैत्र ८ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।

अरुण भ्यालीले १० बराबर ५ कित्ताको अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद जारी गर्न कम्पनीले धितोपत्र बोर्डबाट फागुन २५ गते, मंगलबार अनुमति पाएको थियो ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।


Share on:


Comments