नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
११चैत्र, २०७७, बुधबार / Mar 24, 2021 10:24:am

नागरिक लगानी कोष (CITPO) को १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएको छ ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको कोषको उक्त संस्थापक शेयर बुधवार देखि लिलामी बढाबढमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले न्यूनतम १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सक्नेछन् । लिलामी शेयरमा चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम १०० कित्ता देखि १० ले भाग जाने गरी लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्ता शेयर खरीदका लागि बोलकबोल गर्न सकिने व्यवस्था छ ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय तथा प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नेपाल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कोषको उक्त शेयर न्यूनतम मूल्यमा बिक्री गर्दा समेत प्रिमियर इन्स्योरेन्स कम्पनीले १२ करोड ९६ लाख २५ हजार रुपैयाँ प्रिमियम रकम प्राप्त गर्नेछ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments