चालु आवमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत : विश्व बैंक

-नोटबजार संवाददाता।
काठमाडौं।
१८चैत्र, २०७७, बुधबार / Mar 31, 2021 13:39:pm

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने जनाएको छ ।

विश्व बैंकले कोरोना भाइरसपछिको दक्षिण एशियाको अर्थतन्त्र सुधारको गतिमा भएपनि निकै उतारचढाव पुर्ण रहेको जनाएको छ ।

बैंकले कोरोना महामारीपछि दक्षिण एशियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन २०२०–२१ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ५.४ प्रतिशतले नकारात्मक रहेको बैंकले जनाएको छ।

सन् २०२०–२१ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको विश्व बैंकले भारतको भने १०.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । महामारीका कारण सन् २०२० अर्थात आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक रहेको थियो ।

विश्व बैंकले प्रकाशन गरेको साउथ एशिया फोकस अनुसार सन् २०२१–२२ दक्षिण एशियाको आर्थिक वृद्धिदर १० प्रतिशतले बढ्ने अनुमान छ । दक्षिण एशियाली मुलुकहरुले स्वास्थय क्षेत्रमा कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत पनि खर्च नगरेको जनाएको छ ।

पछिल्लो समयमा कोरोनाको खोप लगाउन सुरु भएपछि केही सुधार आएको भएपनि नयाँ पुस्तालाई उत्साहित र सक्षम बनाउनका लागि सक्दो धेरै लगानी गर्नुपर्ने विश्व बैंकले जनाएको छ । त्यसका साथै दक्षिण एशियाली मुलुकहरुले भान्साहरुमा केही खुकुलो नीति अबलम्बन गरेर खाद्यन्नको मूल्य वृद्धि नियन्त्रण पर्ने समेत बैंकले सुझाएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments