वर्षको अन्त्यमा सर्वाधिक उचाइमा शेयर बजार, आगामी वर्ष के होला ?

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
३१चैत्र, २०७७, मंगलवार / Apr 13, 2021 15:25:pm

शेयर बजार सूचक मापक नेप्से विं सं २०७७ सालको अन्तिम दिन मंगलबार सर्वाधिक उचाइमा पुगेर बन्द भएको छ । लगानीकर्ता बैंकिङ्ग समुहमा फर्किँदा नेप्से २३.२३ अंकले बढेर २७१४.७९ बिन्दुमा पुगेको हो । नेप्सेले चुमेको यो उचाइ हालसम्मकै उच्च बिन्दु हो ।

नेप्सेमा आज २०९ कम्पनीका १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७६ हजार ९४ पटकको कारोबारबाट ७ अर्ब १४ करोड ३१ लख ५१ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

शेयर बजारमा आएको सुधारसँगै शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण अघिल्लो दिनको तुलनामा २२ अर्ब १६ करोड रुपैयाँले बढेर ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कायम भएको छ । सोमबार ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख रुपैयाँ कुल बजार पूँजीकरण रहेको थियो ।

मंगलबार २ हजार ७०० बिन्दुको परीक्षण बिन्दु नाघेसँगै आगामी वर्ष नेप्सेले थप उचाई कायम गर्ने विश्वास गरिएको छ । बैशाख लागेसँगै सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तथा दोस्रो चौमासिक पश्चात सरकारी खर्चमा उच्च बढोत्तरी हुँदा यो आर्थिक वर्षमा तरलताको अभाव हुने अवस्था नरहने देखिन्छ । यसले पनि नेप्सेको उचाई बढ्नसक्ने विश्लेषण लगानीकर्ताहरुको छ ।

पछिल्लो समय निष्काशन हुने आइपीओमा १८ लाख भन्दा बढी आवेदनत पर्ने गरेको छ । प्राथमिक बजारसँगै दोस्रो बजार पनि चलायमान हुने भएकाले दोस्रो बजारमा भित्रने लगानीकर्ताबाट बजार वृद्धिमा सघाउ पुग्ने मद््दत गर्नेछ । धितोपत्र बोर्डमा १६ कम्पनीको ६ अर्ब भन्दा बढीको साधारण शेयर बिक्रीमा आउन बाँकी रहेकाले प्राथमिक बजारसँगै दोस्रो बजारमा ती लगानीकर्ता भित्रदाँ बजारले थप गति लिनेछ ।

मंगलबार कारोबारमा आएका १३ समुहका सूचकमध्ये ६ वटा बढेका छन् भने ७ वटा सूचक घटेका छन् । विकास बैंक ३.६१, बैंकिङ्ग २.३०, ब्यापार १.७९, जलविद्युत १.२३, म्युचुअल फण्ड ०.४३ र वित्तको सूचक ०.२८ प्रतिशतले बढेको छ । होटल तथा टुरिजमको इन्डेक्स सर्वाधिक १.६१ प्रतिशतले घटेको मंगलबारको बजारमा जीवन तथा निर्जीवन बीमा, उत्पादन, अन्य, लघुवित्त, लगानीको सूचक एक प्रतिशतभन्दा कम घटेका छन् ।

नबिल बैंकको उच्च कारोबार

मंगलबार नबिल बैंकको सबैभन्दा धेरै २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भउको छ । बैंकको प्रतिकित्ता ३२ रुपैयाँ बढेर १ हजार ३८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसैगरी नेपाल बैंक, एनआईसी एशिया, निफ्रा, नेपाल बंगलबादेश बैंक, अपि पावर, कुमारी बैंक, अपर तामाकोशी, ग्लोबल आइएमई बैंक, र मेगा बैंकको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको मेगा बैंकको ३२१ रुपैयाँका दरमा १२ करोड ९२ लाखको शेयर खरीद बिक्री भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-04-13 15:00:00
NABIL 286,260,911.00 1,380.00
NBL 281,044,622.00 459.00
NICA 243,579,795.00 970.00
NIFRA 211,026,053.00 583.00
NBB 183,885,203.00 392.00
API 173,337,226.00 344.00
KBL 146,014,123.00 328.00
UPPER 136,789,734.00 882.00
GBIME 136,758,801.00 450.00
MEGA 129,226,384.00 321.00
  • पाँच कम्पनीकग्लोबो शेयरमूल्यमा सर्किट ब्रेक

मंगलबार कारोबारमा आएका एनआईसी एशिया लघुवित्त, माउन्टेन इनर्जी नेपाल, ज्योति लाइफ, सिन्धु विकास बैंक, र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । पाँचै कम्पनीको मुल्य करिब १० प्रतिशतले बढेको छ ।

यसैगरी महिला लघुवित्त, लुम्बिनी विकास बैंक, गुहेश्वरी मर्चेन्ट, अपि पावर, र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा पौने ५ प्रतिशतभन्दा धेरै बढोत्तरी भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-13 15:00:00
NICLBSL 1,699.00 154.00 9.97
MEN 833.00 75.00 9.89
JLI 514.00 46.00 9.83
SINDU 246.00 22.00 9.82
CHL 269.00 24.00 9.80
MLBSL 1,099.00 82.00 8.06
LBBL 285.00 17.00 6.34
GMFIL 251.00 12.00 5.02
API 344.00 16.00 4.88
MLBL 309.00 14.00 4.75
  • ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले धेरै गुमाए

मंगलबार ग्लोबल आइएमई लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले धेरै गुमाएका छन् । लघुवित्तको शेयरमूल्य सर्वाधिक ११२ रुपैयाँ अर्थात ४.२७ प्रतिशतले घटेर २ हजार ५०८ रुपैयाँमा कारोबार बन्द भएको छ । यस्तै लक्ष्मी लघुवित्तका शेयरधनीले पनि ४ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, इन्फिनिटी लघुवित्त, श्री इन्भेष्ट फाइनान्स, गुँरास लघुवित्त, युनिलिभर नेपाल, नेशनल हाइड्रोपावर, आशा लघुवित्त र चन्द्रागिरी हिल्सको शेयरमूल्य पनि साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-04-13 15:00:00
GILB 2,508.00 -112.00 -4.27
LLBS 2,086.00 -93.00 -4.27
NRN 515.00 -19.00 -3.56
ILBS 1,699.00 -61.00 -3.47
SIFC 257.00 -9.00 -3.38
GLBSL 1,779.00 -60.00 -3.26
UNL 19,287.00 -610.00 -3.07
NHPC 166.00 -5.00 -2.92
ALBSL 1,730.00 -50.00 -2.81
CGH 2,485.00 -67.00 -2.63

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments