इ-सेवामा ठूलो संख्यामा बजार प्रतिनिधि माग

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१बैशाख, २०७८, बुधबार / Apr 14, 2021 13:19:pm

फोन पे एप इ सेवाले २६५ जना बजार प्रतिनिधि माग गरेको छ । देशका विभिन्न स्थानमा रहेका कार्य गर्नका लागि कम्पनीले कर्मचारीको माग गरेको हो ।

इसेवाले काठमाण्डौंका लागि ५० जना, चितवन, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज र धनगढीका लागि २०।२० जना बजार प्रतिनिधि माग गरेको हो ।

त्यस्तै धरान, लाहान, सुर्खेत, हेटौंडा, राजविराज, विर्तामोड, दमक, दाङ र वीरगञ्जका लागि १० जना तथा बाग्लुङका लागि ५ जना बजार प्रतिनिधि माग गरेको छ ।

इच्छुक तथा एसइई उतिर्ण नेपालीले वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन फारम कम्पनीको वेभसाइटबाट प्राप्त गर्न सकिने इसेवाले जनाएको छ ।

घरमा नै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने र पारिश्रमिक आकर्षक रहेको जनाइएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments