राजस्व चुहावट अभियोगमा त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्नका सञ्चालक विरुद्द मुद्दा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२बैशाख, २०७८, बिहीबार / Apr 15, 2021 19:06:pm

राजश्व अनुसन्धान विभागले काठमाडौ महानगरपालिका (११, त्रिपुरेश्वर स्थित ओम सर्जिकल कन्सर्न प्रालिका सञ्चालक तथा भन्सार प्रतिनिधि समेत ४ जना उपर राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागले उच्च अदालत पाटनमा बिहीबार मुद्दा दायर गरेको हो । उनीहरु उपर १ करोड ६ लाख ७२ हजार रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको हो ।

प्राप्त सवै सवुद प्रमाणबाट ओम सर्जिकलका सञ्चालक दल बहादुर भण्डारी समेत तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरी सोही बमोजिम वास्तविक भन्दा फरक मालवस्तु भन्सार घोषणा गरी आंफुहरुलाई फाईदा र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने मनसाय तथा योजनाका साथ कार्य गरी राजस्व चुहावट गरेका थिए ।

विभागले उक्त फर्मका संचालक तथा भन्सार प्रतिनिधिलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन-२०७६ को दफा २३ (१), २३ (१) को खण्ड (ख), २३ (२) र २३ (४) वमोजिम विगो रकम जफत एवं असुल उपर गरी जरिवाना र कैद सजाय गर्न मागदाबी लिएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 



Share on:


Comments