बुक विल्डिङ्गका लागि ९ संस्थागत लगानीकर्ता थपिए, कुल संख्या ८३ पुग्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
६बैशाख, २०७८, सोमबार / Apr 19, 2021 08:47:am


नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको मूल्य तोक्ने प्रक्रियामा सहभागिताका लागि योग्य संस्थागत लगानीकर्ताको संख्या बढाएको छ ।

बोर्डले पछिल्ले पटक थप ९ वटा संस्थालाई अनुमति दिएसँगै कुल संख्या ८३ पुगेको हो ।

यसअघि बोर्डले सुरुवातमा संस्थागत लगानीकर्ताबाट आवेदन आह्वान गरेकोमा ६२ संस्थाले आवेदन दिएकोमा ४६ संस्थालाई पहिलो पटक पुस २२ गते योग्य छनोट गरेर अनुमति दिएकोमा दोस्रो पटक माघ २० गते थप १८ संस्थालाई अनुमति दिँदै ६४ पुर्याएको थियो । त्यस्तै तेस्रो पटक फागुन २५ मा १० थप वटा संस्थालाई अनुमति दिएको थियो ।

हाल ९ कम्पनी थपिएसँगै बुक विल्डिङ्ग विधिमा सहभागि हुन योग्य कुल संस्थागत लगानीकर्ताको संख्या ८३ पुगेको छ । पछिल्लो पटक स्वीकृति पाउनेमा नेपाल बैंक, मुक्तिनाथ विकास बैंक सहित केहि फाइनान्स र इन्भेष्टमेन्ट कम्पनी थपिएका हुन ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 


Share on:


Comments