एभरेष्ट बैंकको नाफा ३६ प्रतिशतले घट्यो, अधिकांश सूचकमा गिरावट

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१४बैशाख, २०७८, मंगलवार / Apr 27, 2021 08:18:am

एभरेष्ट बैंक लिमिटेड (EBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २ अर्ब ३५ करोड २६ लाख ५७ हजार खुद नाफा कमाएको बैंकको ३५.९३ प्रतिशतले नाफा घटेको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १२ करोडले बढेको छ । गत आवको यसै अवधिमा ९४ करोड ३६ लाख ६१ रहेकोमा बढेर १ अर्ब ६ करोड ५३ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको ५ प्रतिशतले पूँजी बढेर खुद ब्याज आम्दानी घटेपछि बैंकको प्रतिशेयर आम्दानी १४.३६ रुपैयाँ घटेर २२.५० रुपैयाँमा संकुचित हुन पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ५५ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ३७ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब १५ करोड ३४ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५.२५, सञ्चालन नाफा ३५.९३,आधार ब्याजदर २.२४, कोषको लागत १.८४ प्रतिशतले घटेको छ भने निक्षेप ८.४४ र कर्जा लगानी ७.२८ प्रतिशत बढेको छ । बैंकको जगेडा कोष ९ अर्ब ४२ करोड ३३ लाख र शेयरधनी कोषमा २ अर्ब ४० करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.८२, खराब कर्जा अनुपात ०.१२, कोषको लागत ४.५५, कर्जा निक्षेप अनुपात ७०.०५, आधारदर ६.१०, स्प्रेडदर ३.३६ प्रतिशत, प्रतिशेयर नेटवर्थ २३५.७२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.१८ गुणा छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments