मेगा बैंकको प्रगति आकर्षक, खुद नाफा २ अर्ब नजिक

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
१५बैशाख, २०७८, बुधबार / Apr 28, 2021 11:21:am

मेगा बैंक नेपाल लिमिटेड (MEGA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा कमाएको बैंकको ३५.९५ प्रतिशतले नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा १८२ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँ रहेकोमा बढेर १ अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको बैंकको ११.५४ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी सामान्य घटेको छ । बैंकको प्रतिशेयर आम्दानी १८.१९ रुपैयाँ छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ८ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २ अर्ब ७७ करोड २ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.४२, निक्षेप संकलन ४.२७, कर्जा लगानी ३२.३५, र सञ्चालन नाफा ३३.३४ प्रतिशतले बढेको छ । बैंकको आधार ब्याजदर २.३५, कोषको लागत १.६३ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा २ अर्ब ९७ करोड ५४ लाख र शेयरधनी कोषमा १ अर्ब ९७ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात १२.२२, खराब कर्जा अनुपात १.३१, कोषको लागत ५.५५, कर्जा निक्षेप अनुपात ८३.५४, आधारदर ७.५९, स्प्रेडदर ३.६२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १३६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.६५ गुणा छ ।

📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments