रुरु जलविद्युतको आइपीओ सोमबारदेखि कारोबारमा आउने, कति तोकियो मूल्य ?

-नोटबजार संवाददाता।
काठमाडौं।
१९बैशाख, २०७८, आईतवार / May 02, 2021 14:34:pm

रुरु जलविद्युत परियोजनाको प्राथमिक शेयर (आइपीओ) बैशाख २० गते सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको शेयर आइतबार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएसँगै सोमबादेखि कारोबारमा आउने भएको हो ।

आइतबार नेप्सेमा कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर सूचीकृत भएको हो । सर्वसाधारणलाई वितरण गरिएको ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई वितरण गरिएको ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । यही आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ । कम्पनीको शेयरलाई आरयुआरयु (RURU)  कारोबार संकेत दिएको छ।

कम्पनीले चैत्र २० गतेदेखि २४ गतेसम्म अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये २० हजार ३८५ कित्ता सामुहिक लगानी कोष र ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर ३ लाख ७९ हजार १६७ कित्ता शेयरसर्वसाधारणमा बिक्रीमा ल्याइएको थियो।

आईपीओमा आवेदन गरेका ३७ हजार ९०९ जनाले १० कित्ता र ७ जनाले ११ कित्ताका दरले शेयर पाएका थिए ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 



Share on:


Comments