निषेधाज्ञा उलङ्घन गर्ने १ हजार ६७ सवारी साधन कारबाहीमा

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२०बैशाख, २०७८, सोमबार / May 03, 2021 14:14:pm


महानगरीय ट्राफिक महाशाखाले सोमबार दिउँसो २ बजेसम्म निषेधाज्ञाको अवज्ञा गरी चलाइएका १ हजार ६७ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

जसमा ८११ ओटा २ पाङग्रे, १९२ ओटा चारपाङग्रे र ६४ ओटा ठूला सवारी साधन रहेका छन् । काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका ती सवारी साधनालाई होल्ड गरेर राखिएको हो ।

सरकारले बैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा संगै उपत्यकामा प्राय सडकहरु खाली नै देखिन्छन् । तर अझैपनि केही व्यक्तीहरु भ्ने अत्यावश्यकभन्दा बाहेकका काममा पनि सवारी चलाई रहेका छन् । यसरी अत्यावश्यक कामभन्दा बाहेक सवारी चलाउनेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारवार्ही समेत गर्ने गरेको छ ।

यद्यपी जारी निषेधाज्ञामा पनि उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन भने चलिरहेका छन् ।

कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै गत बिहीबारबाट उपत्यकामा निषेधाज्ञा जारी भएपनि त्यसको पूर्ण रुपमा त्यसको पालना भइरहेको छैन ।

यसै क्रममा सरकारले भीडभाय नियन्त्रण गर्न भन्दै बैंक तथा वित्तीय संस्थाहरुमा समेत एक चौथाई कर्मचारी राखेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ भने सूचना विभागबाट जारी प्रेस पासलाई मात्र मान्यता दिने निर्णय पनि गरिएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments