मंगलबार ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 16:18:pm

सामान्य अंकले सुधार आएको मंगलबारको बजारमा ९ कम्पनीके शेयरमूल्य भने सकारात्मक सर्किट लेबलमा बढेको छ । ब्यापार, लघुवित्त र जलविद्युतको सूचकमा चमक आएको यसदिनको बजारमा लघुवित्त र जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको हो ।

यसदिन समता लघुवित्त, महिला लघुवित्त, बिशाल बजार कम्पनी, समीट माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, रुरु जलविद्युत परियोजना, सिंगटी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसदिनको बजारमा चन्द्रागिरी हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै २ प्रतिशतले गुमाउँदा एनएलजी इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योेरेन्स, नेपाल बैंक, अपि पावर, पुनर्बीमा कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, रिलायन्स फाइनान्सको शेयरमा लगानी गरेकाले भने १ प्रतिशत बढीले गुमाएका छन् ।

कारोबारमा आएका १३ मध्ये ७ वटा समहुका सूचक घटेकोमा होटल तथा टुरिजम् सबैभन्दा धेरै १ प्रतिशत बढीले घट्दा अन्य सामान्य घटेका छन् । मंगलबारको बजारमा पनि एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ लाख २७ हजार ४२० कित्ता शेयर २३ करोड ९ लाख रुपैयाँमा खरीद बिक्री भयो ।

यसैगरी अरुण काबेली २१.८३ करोड, ग्रामीण विकास लघुवित्त १६.८९ करोड, निफ्रा १६.४८ करोड, अपि पावर १४.६७ करोड, पुनर्बीमा १४.६७ करोड, छिमेक १३.९४ करोड, युनाइटेड मोदी १३.६९ करोड, हिमालयन डिष्टिलरी १३.६० करोड र अरुण भ्यालीको १२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकम करिब १ अर्ब घटेर ६ अर्ब ५ करोडमा संकुचित बनेको छ । यसदिन २१३ कम्पनीका १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर ६८ हजार ३१९ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से सूचक १.९४ अंकले बढेर २ हजार ६५४ दशमलव ६९ बिन्दुमा बन्द भएको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments