पाँचथर पावरको नाफा ५५..५२% घट्यो, नाफा ३ करोडभन्दा कम-जगेडा कोष ऋणात्मक

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 16:35:pm

पाँचथर पावर कम्पनी (PPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा २ करोड ९५ लाख रुपैयाँ नाफा नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ५५.५२ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ४.०९ रुपैयाँ छ । जगेडा कोष ११ करोड ५ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ८८.५१ रुपैयाँ छ ।

चालु आवको ९ महिना अवधिमा कम्पनीले विद्युत विक्रीबाट २६ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा १२.९८ प्रतिशत कम हो ।

कम्पनीले यस त्रैमासमा खोलामा पानीको मात्रा कम भएकोले यस आयोजनाबाट उत्पादित विद्युत विगतभन्दा कम उत्पादन भएकोले विद्युत बिक्रीबाट हुने आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments