राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा एकै पटक ७ वटा अध्यादेश जारी

-नोटबजार संवाददाता।
काठमाडौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 17:13:pm

सरकारले मंगलबार एकै पटक ७ वटा अध्यादेश जारी गरेको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह अध्यादेश जारी गरेकी हुन्।

यी अध्यादेशहरु यसअघि पनि विभिन्न समयमा जारी गरिएका थिए। संसदमा टेबुल हुन नसकेपछि निष्क्रिय बनेका अध्यादेशलाई सरकारले फेरि ल्याएको हो।

सोमबार बसेको मन्त्रिपरिषदले अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयका अनुसार मंगलबार जारी भएका अध्यादेश यसप्रकार छन्ः

१ यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३ औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

४ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

५ सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

७ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 



Share on:


Comments