मानुषी लघुवित्तको नाफा १२६ प्रतिशतले बढ्यो

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 17:17:pm

मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा १२६.६३ प्रतिशतले बढाएको छ ।

गत आवको यसै अवधिमा ५२ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएकोमा चालु आवको यसै अवधिमा १ करोड १९ लाख रुपैयाँ पुर्याएको हो ।

चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २२.७९ रुपैयाँ छ ।

लघुवित्तको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ र यसको खराब कर्जा अनुपात ६.०५ प्रतिशत छ ।

चैत मसान्तसम्म आइपुग्दा मानुषीले ६२ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन तथा ३७ करोड ३२ लाख रुपैयाँ सापटी लिएर ९८ करोड ११ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments