नेष्डो समृद्ध लघुवित्तको नाफा १२६ प्रतिशतले बढ्यो, इपिएस १५० रुपैयाँ

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 17:26:pm

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्ममा १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा लघुवित्तले १७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी १७ करोड २५ लाख २१ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १५०.७८ रुपैयाँ छ । लघुवित्तको जगेडा कोषमा ४६ करोड ६ लाख रुपैयाँ र यसको खराब कर्जा अनुपात २.१० प्रतिशत छ ।

चैत मसान्तसम्म आइपुग्दा लघुवित्तले २ अर्ब १९ करोड ६९ लाख निक्षेप संकलन तथा ४० करोड ८४ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ८९ करोड ५१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसबाट लघुवित्तले ३२ करोड ५६ लाख खुद ब्याज आम्दानी र ३० करोड ९६ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments