चीनको आग्रहमा उत्तरी व्यापारिक नाकामा उच्च स्वास्थ्य सुरक्षा सर्तकता

-नोटबजार संवाददाता।
काठमाडौं।
२१बैशाख, २०७८, मंगलवार / May 04, 2021 12:17:pm

दोस्रो लहरको कोभिड संक्रमण देशभर फैलिदै गएपछि सरकारले व्यापारिक नाकाहरुमा सुरक्षा सर्तकता बढाउन थालेको छ ।

यसै क्रममा सरकारले चिनियाँ प्रशासनको आग्रह पछि तातोपानी र रसुवागढीमा नाकामा बाह्य मानिसको प्रवेशमा रोक लगाएको छ ।

भ्याक्सीनको मात्रा पुरा गरेका, क्वरिन्टिनमा बसेका व्यापारसंग सम्बन्धित जनशक्तिलाई मात्र प्रवेश दिइएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए ।

बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानीटाईज र ज्वरो नापेर मात्र काममा खटिने गरेको उनले जानकारी दिए ।

रसुवागढी ना काबाट अहिले दैनिक १० वटासम्म कन्टेनर नेपाल भित्रने गरेका छन् । त्यस्तै नेपाल चीन व्यापारको अर्को नाकातातोपानीमा पनि उच्च कोभिड सुरक्षा सर्तकता अपनाएर व्यापार सहजीकरण गरेको भन्सार कार्यालयले जनाएको छ ।

माल वस्तुको निसंक्रमण तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चिनियाँ अधिकारीहरुले विशेष चासो राखेपछि दुवै उत्तरी नाकाहरुमा कडाई गरिएको हो। हाल दुवै नाकाबाट नेपालसंगको व्यापार सुचारु छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments