प्राइम लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ३७.५० प्रतिशतले बढ्यो

-नोटबजार संवाददाता।
काठमाडौं।
२२बैशाख, २०७८, बुधबार / May 05, 2021 11:58:am

प्राइम लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३७.५० प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले चैत मसान्तसम्ममा २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २४.८७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२.६१ रुपैयाँ कायम भएको छ । जगेडा कोषको आकार ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १३१.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.३८ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषमा १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ सञ्चित भएको छ । गत आवको यसै अवधिमा १० अर्ब ६६ करोड ६ लाख ३७ हजार रुपैयाँ रहेकोमा ३१.३६ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २ हजार ९०८ वटा दाबी बापत ८७ करोड ३१ लाख रुपैयाँको भुक्तानी गरेको छ भने ४२ वटा दाबी बापत एक करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले यस अवधिमा २ लाख ३८ हजार ८३१ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन वापत ३४ करोड ८५ लाख रुपैयाँ खर्चेको छ । गत आवको चैत मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशन वापत २३ करोड २९ लाख रुपैयाँ खर्चेको थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments