गाउँ गाउँका अर्ग्यानिक उत्पादनको बजार निमार्णमा जुट्दै लिला ‘स्त्री’

अन्जना सुबेदी
काठमाडौं।
२२बैशाख, २०७८, बुधबार / May 05, 2021 12:05:pm

लिला कार्की लैङगिक रुपमा स्त्री नै हुन् । तर, उनको नामसँग जोडिएको स्त्रीले भने लैङगिक पहिचानलाई दर्शाउँदैन । उनको जीवन संघर्षसँग जोडिएको सो उपनाम अहिले अर्ग्यानिक उत्पादनको ब्यापार विस्तारमा व्यस्त छ ।

पेशाले जडिबुटी व्यापारी भन्दा फरक नपर्ने लिला शैक्षिक रुपमा भने अलि फरक छिन् । महेन्द्र रत्न क्याम्पस ताहाचलमा स्वेच्छिक बिषय स्वास्थ लिएर आइ.एड, बि.एड अनि 'एडुकेशन प्लानिङ एण्ड म्यानेजमेन्ट' मा स्नातकोत्तर हासिल गरेकी छन् ।  २०७२ सालमा काउन्सिलिङ साइकोलोजिमा स्नातक गरेकी लिलाले २०७६/७७ मा  योग विज्ञानमा स्नातक गरेकी छन् ।

उनको थर कार्की हो । तर उनले आफ्नो पहिचान स्त्रीबाट बनाएकी छन् । २०६४ सालमा योगी पुष्पराज पुरुषसंगको भेटले गर्दा उनमा अध्यात्मिक चिन्तन तथा मनन् गर्ने मौका मिल्यो । त्यसैको प्रभावले उनको जिवन योगा तर्फ पनि मोडियो । त्यसपछि उनले आफ्नो थर स्त्री भनेर चिनाउन थालिन ।

पहाडी जिल्ला गुल्मीमा जन्मेकी लिला हाल काठमाडौंमा मै बस्छिन । काठमाडौमा उनले गाँउका अर्ग्यानिक उत्पादनको बजार निमार्णमा जुटिरहेकी छन् । लिलाले सातै प्रदेशका अग्र्यानिक उत्पादनलाई राजधानीसम्म झारेकी छिन । कुनै समय आँफु बस्ने कोठाबाट सुरु गरेको अर्ग्यानिक उत्पादनको ब्यापार अहिले बानेश्वरमा सटरसम्म पुगेको छ ।

व्यवसायिक यात्रा

स्नाकोत्तरपछि सरकारी सेवामा प्रवेश गर्ने वा व्यवसाय गरेर आत्मानिर्भर बन्ने भन्नेमा दोधारमा परेकी स्त्रीलाई सोही समयमा हर्बो इन्टरनेश्नल नेटवर्क कम्पनीबाट काम गर्ने प्रस्ताव आयो ।  उक्त प्रस्ताव स्वीकार गरिसकेपछि झण्डै १ बर्षसम्म कम्पनीको मिशनरभिजन अध्यन गरेर उक्त ब्यबसायमा जोडिएकी लीला स्त्रीले २०६८ सालसम्म त्यहि ब्यबसायलाई नै निरन्तरता दिएकी थिइन।

अचानक उक्त कम्पनीमा आएको उतारचढाव पछि ४/५ जनाको नाममा कम्पनी दर्ता गरेर दैनिक उपभोग वस्तुको कारोबार गर्न शुरु गरेपनि उक्त कामबाट संन्तुष्ट हुन नसकी २०७१/७२ मा मनोवैज्ञानिक परामर्शदाता को औपचारिक अध्ययन गर्न त्रिचन्द्र कलेज पुगेकी उनले उक्त अध्ययनपछि झण्डै २ वर्षजति विभिन्न संस्थाहरुमा स्यंमसेवकको रुपमा पनि काम गरेको बताउछिन् भने सगसगै आफ्नो कोठाबाट नै विभिन्न प्राकृतिक खाध सामाग्रीहरुको व्यबसाय शुरु गरेको पनि बताउछिन्

राष्ट्र समृद्धि बनाउन आन्तरिक वा स्वदेशी उत्पादनलाई परिचालन गर्नुपर्ने बताउदै स्त्री भन्छिन,“स्वेदशी उत्पादनलाइ गर्वका साथ प्रयोग गर्नुपर्छ र विश्वलाई हाम्रा उत्पादनहरु देखाउनु पर्छ भन्ने उक्त कम्पनीको धारणाले मेरो मन छोएको थियो । त्यसैले पनि देशभित्रका उत्पादनलाइ प्रवद्र्धन गर्नमा लागेको छु ।”

स्वेदशी उत्पादनहरुको बारेमा काम गरिरहँदा नै बुझ्ने मौका उनलाई जुर्यो । २०६५ सालबाट स्वेदशी उत्पादनहरुलाई प्रयोग गर्नुपर्ने बुझेर २०७७ सालसम्म करिब १४ वर्ष यहि अभियानमा लागेको उनको भनाई छ । २०७१ सालमा त्रिभुवन विश्वविद्यालयमा गएर काउन्सेलिङ साइक्लोजी पढ्दै गर्दा उनले शारिरिक तथा मानसिक रुपमा स्वास्थ्य हुनुपर्ने बुझिन । मानसिक र शारिरिक स्वास्थ्यका पौष्टिक तथा सनतुलित खाना महत्पुर्ण हुन्छ ।

“हामीले कस्तो खाना खाइरहेका छौँ भन्ने बुभ्ने अवसर यो अवधिमा पाए,” उनले भनिन्,“वास्तवमा अहिले हामीले धेरै भन्दा धेरै मात्रामा जङफुडहरुको प्रयोग गरिरहेका हुन्छौँ । स्वास्थ्य भन्दा पनि जिब्रोको स्वादलाई ख्याल गर्छौ । स्वादका लागि खाइने खानाले कालन्तारमा रोग उत्पन्न गर्छ ।”

करिब डेढ दशकको जागिरे जिवनपछि हाल उनी अर्ग्यानिक उत्पादनलाई बजारीकरण गर्ने मात्र नभई योगा प्रशिक्षक पनि हुन । उनले ठमेल र नयाँ बानेश्वरमा योगा पनि सिकाउछीन् । याोगामा पनि आहार बिहारको कुरा प्रसस्त भेटिन्छ ।

स्वास्थ्यका लागि सन्तुलित र पौष्टिक भोजन हुनुपर्ने कुरालाइ ध्यानमा राख्दै उनले २०७२ सालमा आफ्नो कोठाबाटै अग्र्यानिक सामानहरु बेच्ने गर्थिन । तर, त्यो सोच, ति आर्गनिक सामानहरुलाई उनले कोठामा मात्र सिमित गरिनन् । उनले गत पुस महिनाबाट करिब ८ देखि ९ लाख रुपैयाँसम्म लगानी गरेर सटरभरी देशैभरका आर्गनिक सामानहरुको आयात तथा आपुर्ति गर्दै आएकी छन् ।

उनले आयात गर्ने जिल्ला अनुसारको अग्र्यानिक उत्पादनको सुचि

१.गुल्मी
. थोर्गेली गुड,खुदो,तेजपत्ता,दालचिनी, अर्ग्यानिक कफि,बेसार
२.जुम्ला
.ओखर,कालोदाल,मिक्स सिमि,मार्सी चामल
३.दार्चुला
.दार्चुलाको च्याख्ला,गुड
४.सोलुखुम्बु
.टिमुर
५.लुक्ला
. सिमी
६.ओखलढुङ्गा
.मुसुरोको दाना ,तिते फापर,मिठे फापर,च्याख्ला
७. पाँचथर
.जैविक हरियो चिया( यहाँबाट नेपालभर पठाइन्छ । )
८.हेटौडा
. घ्यू
९.चितवन र वर्दिया
. मह
१०. उदयपूर
. सरसोको तेल
११.दाङ
. लोकल चामल र खैरो चामल
१२.सिन्धुली
. बेसार, गेडागुडी
१३. इलाम
. अलैची

स्त्रीका भावी योजना

स्त्रीले यो पसललाई सहकारीको मोडलमा लैजाने तयारी गरिरहेकी छन् । उनी चुम्लुङ बचत तथा ऋण सहकारी संस्थाकी सदस्य पनि हुन् । यसै सहकारीलाई बहुउद्देश्यीमा परिणात गरेर सहकारीबाटै गाउँगाउबाट अर्कानीक सहरसम्म पुर्याउने योजना उनको रहेको छ । यतिमात्र होइन मुलुकमा रहेका ७७ वटै जिल्लामा उत्पादन भएका चिजलाई बजारसम्म ल्याउने र विदेशमा समेत नेपाली उत्पादन पुर्याउने योजना उनको छ । साथै स्वदेशी अर्ग्यानिक उत्पादन र प्रयोग गर्नुपर्ने कुरामा विशेष जोड दिने योजना उनको रहेको छ ।

“मैले पैसा मात्र कमाउने भए जागिरका लागि योग्य सर्टिफिकेटहरु छन्,” उनले भनिन्,“निमावि, माविसम्मका लागि आवश्यक पर्ने अध्यापन लाइसेन्सहरु छन् । म योगा शिक्षीका, काउन्सीलिनर हुँ ।” तर, सेवामुखी व्यवसाय गरेर पनि मैले पैसा कमाउन सक्छु भन्ने सोचले सो क्षेत्र रोजेको उनको भनाई छ । स्वेदशी उत्पादनलाई परिचालन गर्ने तथा यसको उपभोग बढाउन समेत काम गर्नु पर्ने उनी बताउछिन ।

उनको पसलमा अहिले ४० रुपैयाँ देखि १ हजार ५० रुपैयाँ सम्मका सामान पाइन्छ । धेरै व्यवसायीको आफ्नै समस्या र चुनौती हुन्छन् । दुर्गम ठाउँका सामानलाई काठमाण्डौको सटर झारेर बेच्दा ग्राहकले महंगो भयो भन्ने गरेको उनको गुनासो छ । तर, बाहिर भन्दा सस्तो मूल्यमा गुणस्तरीय उत्पादन दिने गरेको उनको दावी छ । सामान चिन्न कहिलेकाही मुस्किल हुन्छ । कहिले काँही नराम्रो सामानहरु, मिक्स गरेको सामानरु आउछन् । त्यसमा एकदमै ख्याल गर्नुपर्छ । त्यस्तो आयो भने म फिर्ता नै गर्ने गरेको उनी बताउछीन् ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।



Share on:


Comments