एन आई सी बैकको स्वामीत्वमा रहेको मेरो माइक्रोफाइनान्सको ६२ हजार कित्ता संस्थापक शेयर लिलामीमा

Note Bazar २३बैशाख, २०७८, बिहीबार / May 06, 2021 12:46:pm

एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रमेफाइनान्सको ६२ हजार ३८८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७६ रुपैयाँ तोकिएको छ । न्यूनतम १ सय कित्ता र अधिकतममा सबै शेयरका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटलले जनाएको छ ।

उक्त शेयर इच्छुक विद्यमान संस्थापकहरु वा जो कोहिले पनि खरीद गर्न सक्नेछन् ।

बैंशाख २३ गतेबाट लिलामी सुरु भएको शेयरमा बैशाख २९ गतेसम्म आवेदन दिन सकिन्छ ।

आवेदन फारम एन आई सी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाण्डौबाट प्राप्त गरी क्यापिटलमा नै बुझाउनु पर्ने हुन्छ ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments