भर्खरै कारोबारमा आएको रु रु जलविद्युतको नाफा १३% ले बढ्यो

-नोटबजार संवाददाता।
२७बैशाख, २०७८, सोमबार / May 10, 2021 09:05:am

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु रु जलविद्युत् परियोजना लिमिटेडले ६ करोड १३ लाख १२ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा गत वर्षभन्दा करीब १३ प्रतिशतले बढेको हो। गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ४३ लाख ४९ हजार थियो । कम्पनीको विद्युत बिक्री आय बढेपछि नाफा बढेको हो।

यस वर्ष कम्पनीको खुद नाफासँगै जगेडा कोष पनि १५० प्रतिशतले बढेर १२ करोड २७ लाख ५८ हजार पुगेको छ । कम्पनीले विद्युत् विक्रीबाट यस वर्ष १२ करोड २ लाख ९५ हजार आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी ११ करोड ७० लाख ९२ हजार रहेको छ ।

कम्पनीले गत चैतमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता १२० मा सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार पुगेको छ ।

नाफा बढेपछि कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसाबाट १८ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३३.४६ रुपैयाँ छ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments