क्षमता अनुसार ग्राहकलाई ब्याजमा सहुलियत दिनु : लघुवित्त बैंकर्स संघ

-नोटबजार संवाददाता।
काठमाडौं।
३०बैशाख, २०७८, बिहीबार / May 13, 2021 15:33:pm

नेपाल लघुवित्त बैंकर्स संघले संस्थाको क्षमता अनुसार ऋणी ग्राहकलाई ब्याजमा सहुलियत दिन माइक्रोफाइनान्सहरुलाई अनुरोध गरेको छ । संघको कार्यसमितिले कोरोनाका कारण प्रभावित भएका ऋणी ग्राहकहरुको हकमा संस्थागत क्षमता अनुसार ब्याजमा छुट दिन अनुरोध गर्ने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो लहर सुरु भएसंगै संक्रमण पनि तिब्र गतिमा फैलिने क्रममा छ । कोरोना संक्रमणको हुन नदिन कर्मचारी तथा ग्राहक पुर्ण सुरक्षित हुने गरि सेवा प्रदान गर्न समेत संघले आफु मातहतका संस्थाहरुलाई अनुरोध गरेको छ । साथै संघले ग्राहक संरक्षण कोष तथा सामाजिक उत्तरदायित्व कोष समेत कोरोना संक्रमित कर्मचारी, ग्राहक लगायतको उपचारमा सघाउनका लागि प्राथमिकताका साथ परिचालन गर्न समेत आग्रह गरेको छ ।

कोभिड १९ को दोस्रो लहरका कारण संक्रमित हुने तथा संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढी रहेको छ । यस्तो अवस्थामा संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर, आईसियू बेड जस्ता अत्यावश्यक स्वास्थ सामाग्रीको अपर्याप्तताले अत्यन्तै विषम स्थिति सृजना हुने देखिएको छ । त्यसैले लघुवित्त संस्थाहरुले पनि संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै कार्यक्रम सञ्चालन गर्नुका साथै ग्राहक सदस्यलाई सक्दो सेवा सुविधा दिन समेत संघले आग्रह गरेको छ ।

संघले कोरोना महामारीको अवधिमा विश्व स्वस्थ्य संगठन, स्वस्थ्य तथा जनसंख्या मन्त्रालय लगायत नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्मचारी तथा ग्राहक सदस्यको स्वास्थ्य सुरक्षाका लागि आवश्यक स्वास्थ्य सतर्कता एवं मापदण्डको पुर्णरुपमा पलना गर्ने गरी उच्च सतर्कताका साथ आवश्यक सेवा प्रबाह गर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गरेको छ ।

सम्बन्धित जिल्ला तथा स्थानीय निकायले निषेधाज्ञा घोषण गरेका कुनै पनि स्थानमा केन्द्र बैंठक, सदस्य भेटघाट जस्ता भिडभाड हुने तथा संक्रमण जोखिम हुने गतिविधि नगर्न समेत संघले सुझाएको छ । ग्राहक सदस्यलाई चाहिएको आवश्यक सेवा आफु र ग्राहक सदस्यलाई पुर्ण रुपमा सुरक्षित हुने गरि प्रदान गर्न समेत संघले आग्रह गरेको छ । संघले सम्भव भएसम्म विद्युतीय माध्यबाट बचत तथा किस्ता असुलि गर्ने व्यवस्था गर्न समेत माइक्रोफाइनान्सहरुलार्ई अनुरोध गरेको छ ।

हालको जटिल संक्रमणकालिन अवस्थामा संस्थागत क्षमता अनुरुप ऋणी ग्राहक सदस्यलाई व्याजमा सहुलियत प्रदान गरी सुमधुर व्यवसयायिक सम्बन्ध कायम गर्न समेत संघले आफ्ना सदस्य संस्थाहरुलाई आग्रह गरेको छ । कोभिड १९ को दोस्रो चरणको जटिल अवस्थाका कारण अत्यन्त पिडित संस्थाका सदस्य लगायत निजका परिवार, सर्वसाधारणका घरपरिवार लगायत संक्रमितको उपचारमा संलग्न स्वास्थ्य संस्थाहरु तथा अन्य सम्बन्धित निकायहरुलाई सघाउन ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष लगायतको परिचालनमा प्राथमिकता दिन समेत संघले सदस्य संस्थाहरुलाइ सुझाएको छ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments