सरकारी अस्पतालाई चेम्बर अफ कमर्सको स्वास्थ्य सामाग्री सहयोग

✍️ नोटबजार संवाददाता।
काठमाण्डौं।
५जेष्ठ, २०७८, बुधबार / May 19, 2021 17:11:pm


नेपाल चेम्बर अफ कमर्शले कोभिड संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न अस्पतालहरुमा स्वास्थ्य सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, राधास्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टरलाई विभिन्न वास्थ्य सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई अस्पतालका तर्फबाट डा. राजेश शाहलाई स्वास्थ्य सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । उक्त सामाग्रीहरु ग्रहण गर्दै डा. शाहले चेम्बरबाट विगतमा पनि यस्तै सामाग्रीहरु प्राप्त भएको स्मरण गर्दै धन्यवाद दिए ।

त्यस्तै मल्लले त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि विभिन्न स्वास्थ्य सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । उक्त स्वास्थ्य सामाग्री त्रिवि शिक्षण अस्पतालबाट प्रा.डा.योगेन्द्रमान शाक्यले ग्रहण गरेका थिए ।

मल्लले नेपाल चेम्बर अफ कमर्शको तर्फबाट राधास्वामी अक्सिजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि पनि स्वास्थ्य सम्वन्धी सामाग्रीहरु हस्तान्तरण गरेका छन् । उक्त स्वाश्थ्य सामाग्री केन्द्रका तर्फबाट नेपाली सेनाका डा.क्याप्टेन मुक्तीनाथ शाखीले ग्रहण गरेका थिए ।

अस्पतालहरुमा आज हस्तान्तरण गरिएका सामाग्रीहरुमा पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, स्यानीटाइजर तथा सिटामोल रहेका रहेको चेम्बरका अध्यक्ष मल्लले बताएका छन् । उनले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरुलाइ अक्सिजन सिलिण्डर र कन्सन्टे«ट समेत उपलब्ध गर्ने तयारी भइरहेको बताए ।

उक्त अवसरमा चेम्वरका उपाध्यक्ष तथा नेपाल चेम्बर कोभिड व्यवस्थापन समितिका संयोजनक दीपक कुमार मल्होत्रा, चेम्वरका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ तथा कार्य समिति सदस्य नवराज ढकाल समेत उपस्थिति थियो ।

📣  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments