एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान

✍️रासस–सिन्ह्वा।
ढाका।
१२जेष्ठ, २०७८, बुधबार / May 26, 2021 06:31:am

एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो ।
 
बेइजिङस्थित एआईआईबीको कार्यालयले जारी गरेको विज्ञप्तिमा केवटथली पुलको निर्माणले बंगलादेशको उत्तरी शहर मिमेनसिंहको बढ्दो ट्राफिक समस्या सुल्झाउन ठूलो मद्दत गर्ने उल्लेख छ । 
 
यसबाहेक, यो पुल ढाका–मिमेनसिंह–भारत सीमा कोरिडरको एक हिस्सा पनि हुनेछ र यो पुल स्थानीय एवं क्षेत्रीय सम्पर्क सञ्जालका लागि रणनीतिक महत्वको रहेको छ । 
 
पुलको निर्माण सम्पन्न भएपश्चात् उत्तरी क्षेत्रका करिब एक करोड १० लाख मानिसलाई स्थानीय र क्षेत्रीय यात्राका लागि ठूलो मद्दत पुग्ने एआईआईले जनाएको छ । 
 
📣 समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
 

Share on:


Comments